सत्यकाे खाेज, कवि-कविताकाे छवि दुर्गालाल श्रेष्ठ र क्लासिकल नेवार लिट्रेचरको लाेकार्पण

काठमाडौं – शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा तीन वटा कृतिको लोकार्पण गरिएको छ। एजुकेशनल पब्लिसिङ हाउसले आयाेजना गरेकाे  कार्यक्रममा साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे जीवनी ‘सत्यकाे खाेज’, जनकवि दुर्गालाल श्रेष्ठ र सर्जक अभि सुवेदीले लाेकार्पण गर्नु भयाे…

यसवर्षको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई

काठमाण्डाै – यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाउने भएको छ । मदन पुरस्कार गुठीको आजको बैठकले ऐँठनलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यस्तै, २०७९ सालको जगदम्बा श्री पुरस्कार वरिष्ठ कलाकार टेकवीर मुखियालाई दिने निर्णय…

मल्ल के सुन्दरको नयाँ उपन्यास कुमारी सार्वजनिक हुँदै

काठमाण्डाै – इन्द्रजात्राको अवसरमा चर्चित व्यक्तित्व तथा साहित्यकार मल्ल के सुन्दरको कुमारी नामक नयाँ उपन्यास प्रकाशित हुन लागेको छ। उपन्यासमा बनेपाका अष्टमात्रिकामध्येकी जेठी अष्टमात्रिकाकी छोरी मय्जुलानी र चन्डाशुर दैत्यको प्रेमकथा, मय्जुलानीले देश रक्षाको लागि गरेको त्याग र कसरी उनी कुमारी…

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाण्डाै – लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो । पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना,…

मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

काठमाण्डौ – मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७९ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले पाँच कृतिको सूचि सार्वजनिक गरेको छ। सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र…

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा विभिन्न सम्मान तथा पुरस्कार प्रदान

 काठमाडौँ – सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले विभिन्न चारजना व्यक्तित्वहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गर्नुका साथै नेपालभाषाका चारजना अग्रणी महिला साहित्यकारहरुलाई मांथां (आमा खम्बा), चारजना नेपालभाषाका साहित्यकारहरुलाई तिकिझ्याः (आँखीझ्याल) सम्मान र विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गरेको छ । नेपालभाषा…

उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती” विषयक विचार गोष्ठी

काठमाडौँ – नेपाल प्रज्ञा-प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा.अम्बिका अर्यालद्वारा लिखित “उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती” विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको संयुक्त रूपमा आयोजना गर्यो । यसको उद्घाटन विशेष अतिथि तथा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले गर्नुभयो । समालोचक डा.अम्बिका…

राष्ट्रिय कविता महोत्सवमाथि समावेशी चिन्तनको बहस

काठमाडौँ – नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका पूर्व सन्ध्यामा अध्येता भोगीराज चाम्लिङद्वारा लिखित “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” विषयक अवधारणापत्र विमर्श कार्यक्रमको समुद्घाटन अध्यक्ष तथा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो।यसअवसरमा उहाँले समावेशिताको प्रयोग र उत्थानमा “राष्ट्रिय कविता महोत्सव…

प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी गरिने

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ८ गतेदेखि पुस्तक प्रदर्शनी सुरु गरिने भएको छ । प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक र पत्रपत्रिका गरी छ सयभन्दा बढी राख्ने तयारी भएको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनु…

डा.आनन्द जोशीका नेपाल भाषाका दुई कृति सार्वजनिक

काठमाण्डाै- नेपाल भाषा साहित्यका आधुनिक कवि डा. आनन्द जोशीका प्यकालँय् जि जि (लघुकथासंग्रह) र थौंया हाइकु: विकास यात्रा वा दिशाबोध (हाइकु सिद्धान्त र समालोचनासंग्रह) को लोकार्पण भएको छ। रुबरिक र कुतः पिकाकको आयोयना तथा कथाकार ध्रुव मधिकर्मीको प्रमुख आतिथ्यमा भएको…