स्वास्थ्य टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गर्नुभएको छ । नेपाली सेनाको १६ जनाको स्वास्थ्य टोलीसहित उहाँ जाजरकोट प्रस्थान गर्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि…

जाजरकोटमा ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प , ६३ जनाको ज्यान गएको पुष्टि 

काठमाण्डाै – जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम…

एक दशकपछि नेपाल टी २० विश्वकपमा

काठमाण्डाै – यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी २० विश्वकपमा छनोट भएको छ । टी २० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा छनोट भएको हो…

आज र भोलि भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइने

काठमाण्डाै – सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ…

आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्र खुल्ने

काठमाण्डाै – देशभरका सबै सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खुल्नेछन् ।   यो…

डब्ल्यूएनओले १२ औं स्थापना दिवस मनायो

काठमाण्डौं – विश्वभर रहेका नेवार समुदायलाई  एकत्रित गर्ने उद्धेश्यले स्थापना भएको  वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आफ्नो १२ औं स्थापना दिवस मनाएको छ। स्थापना दिवसको उपलक्ष्यमा डब्ल्यूएनओको भविष्य र विश्वभर रहेका संघसस्थाको अबको भूमिका नामक अन्तरक्रिया कार्यक्रम गर्दै डब्ल्यूएनओले विगतमा…

डब्ल्यूएनओ हाजिरी जवाफ: ल्वंचामरि र प्यारामरि फाइनलमा प्रवेश

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत सेमिफाइनल गेममा पहिलो र दोश्रो भएर ल्वंचामरि र प्यारामरि टीम फाइनलमा प्रवेश गरेका छन्। गएको शनिबार ल्वंचामरि, प्यारामरि,  ग्वारामरि र छुचुंमरि विच भएको सेमिफाइनलमा ल्वंचामरिले…

काठमाडौं युनेस्कोको ‘फिल्मको रचनात्मक शहर’को सूचीमा

काठमाण्डौ – राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’को रुपमा सूचीकृत गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो। महानगरले अब चलचित्र क्षेत्रको विकास र विस्तारका लागि काठमाडौं क्रिएट द काउन्सिल…

दश महिनामा आठ लाख पर्यटक भित्रिए

काठमाण्डौ –  सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । अक्टोबर…

राष्ट्र बैंकले १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

काठमाण्डाै – तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री…