काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ ।
चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाडी बन्द छन् ।
अहिले पहिरो पन्छाउन थालिएको छ । पहिरो हटाउन झण्डै डेढ घण्टा लाग्ने र त्यसबेलासम्म यात्रुलाई धैर्य गर्न कार्यालयको आग्रह छ ।
