काठमाडौँ – दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बुधबार राजसंस्था पक्षधरको बैठक बस्ने भएको छ।
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मंगलबार विज्ञप्ति जारी गर्दै भोलि दिउँसो २ बजे नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा बैठक बस्ने जानकारी गराएको छ।
बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह, अभियानका प्रतिनिधिहरु सहभागी हुनेछन्।
यस्तै, पहिलो चरणको एक हप्ता लामो जनआन्दोलनको कार्यक्रम सरकारको हस्तक्षेप र दमनका बाबजुद अत्यन्त उत्साहजनक रुपमा सम्पन्न भएको समितिको भनाइ छ।
