पत्रकार उदेन न्हूसाय्‌मिलाई पत्नी शोक

नेपाली भाषा टाइम्स तथा मेट्रो एफएमको पत्रकार उदेन न्हूसाय्‌मिलाई पत्नी शोक परेको छ ।

हिजो साँझ बिहिबार ६;३० बजे हरिसिद्धी स्थित क्यान्सर हस्पिटलमा गीता मानन्धरको ५० वर्षको उमेरमा उपचारको क्रममा निधन भएको परिवारले जानकारी दिएको छ । पत्नी गीता मानन्धरलाई पेट सम्वन्धि समस्या आएर हस्पिटल लागेको थियो।

आज बिहान ११:३० बजे कंकेश्वरीमा अन्त्येष्टि गरिएको छ।