गैरआवासीय नेपालीको विश्व सम्मेलन आजबाट

काठमाण्डाै – गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन आज (मंगलबार)बाट सुरू हुँदैछ।  एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन मंगलबारदेखि कात्तिक ३ गतेसम्म हुन लागेको हो। 

नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनए प्रवक्ता सोम सापकोटाले जानकारी दिनुभयो। 

सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुनेछ। त्यसपछि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन हुनेछ। वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा सरकार र सरोकारवालासहितको सत्रको आयोजना गरिएको छ। 

कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ। संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै सम्मेलन सकिनेछ। समापन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ।

गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्षमा रुसबाट डा. बद्रि केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रविना थापाको उम्मेदवारी रहेको बताइएको छ। त्यस्तै कतारबाट आरके (राजेन्द्र कुमार) शर्माले पनि आकांक्षा राख्नुभएको छ।

tagName: –
position: –
top: –
left: –
right: –
bottom: –
display: –
fontSize: –
fontWeight: –
textAlign: –
color: –
backgroundColor: –
overflow: –
boxSizing: –
transform: –
zIndex: –
w   1109.972
h    108.111

108.111

1109.972