कसाः तःधं गुथि, महिला समूहको स्थापना दिवस मनाइयो

कसाः तःधं गुथि, महिला समूहले नवौं स्थापना दिवस मनाएको छ। स्थापना दिवसलाई सामाजिक सेवा दिवसको रुपमा काठमाण्डौं ग्वंगःबुँ स्थित हिमालन वृद्धाश्रम केन्द्रमा बुधबार गएर मनाएको हो । कार्यक्रममा कसाः महिला समूह र कसाः तःधं गुथिका पदाधिकारी, मूल सदस्य, सल्लाहकारसहित कसाः दिदीबहिनी, दाजुभाइको सहभागिता थियो । कार्यक्रममा कसाः महिला समूहका अध्यक्षा बीणा कसाःले वृद्धाश्रममा आएर स्थापना दिवस मनाउन पाएकोमा हर्ष लागेको अनुभव राख्नु भयो ।

यसै गरी कसाः तःधं गुथिका अध्यक्ष चन्द्रज्योति कसाः, हिमालय वृद्धाश्रमका अध्यक्षा सरला पन्थी, उपाध्यक्ष बिन्दा पौडेलले पनि आआफ्ना मन्तब्य राख्नुभयो । कार्यक्रमको अवसरमा कसाः तःधं गुथिका अध्यक्ष चन्द्रज्योति कसाःले ५ हजार रूपैयाँ सहयोग गर्नुभये भने जाडोको समय भएकाले वृद्धाश्रममा रहेका वृद्धबृद्धाहरुलाई न्यानो लुगा सहित चामल, दाल, चिनी, चिया, बिस्कुट, चाउचाउ, झोल साबुन आदि दैनिक उपभोग्य खाद्यान्न तथा बस्तुहरु वितरण गरिएको थियो। त्यस्तै वृद्धबृद्धाहरुलाई बिहानको भोजन पनि गराइएको थियो।

वि.सं. २०६१ सालमा स्थापना भएको हिमालन वृद्धाश्रम केन्द्रका अध्यक्ष सरला पन्थी, उपाध्यक्ष बिन्दा पौडेल, सचिव अम्बिका कुँवर र कोषाध्यक्ष शोभा सापकोटा हुनुहुन्छ भने यस केन्द्रमा कूल ५० जना वृद्धवृद्धाहरु छन् ।