बेलायतका राजा चार्ल्सलाई क्यान्सर

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । प्रोस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि क्यान्सरको प्रकार खुलाइएको छैन । उहाँको नियमित उपचार शुरु भएको बीबीसीले जनाएको छ ।

७५ वर्षका राजा चार्ल्स सार्वजनिक गतिविधिमा सहभागी नहुने उल्लेख छ । तर बकिङ्गम दरबारले राजा जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको जनाएको छ । लण्डनको एउटा निजी अस्पतालमा यसअघि एक हप्ताभन्दा लामो समय प्रोस्टेटको उपचार भएको र उपचार जारी रहने भएको छ ।