विवाह पश्चात झन् बोल्ड अवतारमा देखिइन् आँचल शर्मा

हिजो आज आँचल शर्माको पहिरनले दर्शकको ध्यान तान्ने गरेको छ । उनी उपस्थित हुने इभेन्टमा उनको ड्रेसले ध्यान तान्ने गरेको छ । केही दिन अगाडि आफ्नो फिल्म ‘वर एण्ड वधु’ को घोषणाको लागि आयोजित गरिएको पत्रकारसम्मेलनमा पनि उनले इभेन्टको ध्यान आफूतर्फ मोड्न सफल भइन् ।

पछिल्लो समय उनी इभेन्टमा प्रस्तुत हुने शैली र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने तस्बिरहरूले उनको पहिरनको यथार्थलाई दर्शाउँछ । उनका फ्यानले पनि पहिरनको खुलेर तारिफ गरेका छन् । आँचललाई फ्यानले झन् झन् बोल्ड भएको भन्न थालेका छन् । किनकी बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चन्छ । तर, आँचल झन्‌-झन्‌ बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन् ।