बारा २ मा राजेन्द्र महताेले उपेन्द्र यादवलाई सघाउने

बारा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णबाट लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पछि हटेका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्न तयार उनले आइतवार आफू त्यो निर्णयबाट पछि हटेको बताएका हुन्।

९ दलीय सत्ता गठबन्धनकोतर्फबाट यादवलाई सघाउने निर्णय गरिसकेको बताउँदै त्यहीअनुसार आफू बारा २ मा प्रतिस्पर्धा गर्न नजाने निर्णय लिएका हुन्।