काठमाण्डौ – वर्ल्ड नेवाः अर्गनाइजेशनको आव्हानमा हरेक मार्च महिनाको अन्तिम शनिबार विश्व नेवार दिवस मनाउने निर्णय अनुसार आज विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर सातौंं विश्व नेवार दिवस मनाउँदैछन् ।
नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तराष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा वर्ल्ड नेवा अर्गनाइजेशनको केन्द्रिय समितिले नेपाली समयअनुसार आज बेलुकी ८ बजे विश्व कविता सम्मेलन गर्न लागेको छ।
त्यस्तै नेपालमा पाटन म्यूजियममा नेपाल च्याप्टरको आयोजनामा विहान ९ बजे कार्यक्रम हुँदैछ। त्यस्तै दिवसको अवसरमा अमेरिका, संयुक्त अधिराज्य, भारत, जापान, बेल्जियम, न्यूजिल्याण्ड लगायतका देशमा रहेका नेवार संघ संस्थाले विभिन्न कार्यक्रम गर्न लागेका छन् ।
यसै विच विश्व नेवार दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेशनले विश्व नेवार गीत सार्वजनिक गरेको छ।
