न्युरोडमा सवारीसाधन निषेधको योजनाविरुद्ध शान्तिपूर्ण प्रदर्शन

न्यूरोडलाई सवारी निषेधित क्षेत्रु बनाउने काठमाडौं महानगरपालिकाले तयारी सुरू गरेपछि त्यहाँका स्थानीय र व्यवसायीहरूले शान्तिपूर्ण रुपमा उक्त निर्णयको विरोध गरेका छन्। बुधबार बिहानै न्यूरोड क्षेत्रका स्थानीय र व्यवसायीहरूले न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै प्लाकार्ड सहित प्रदर्शन गरेका हुन्।

सडकको किनारामा लामबद्ध भएर उनीहरुले ‘सवारी साधन विनाको न्यूरोड चाहिँदैन’,‘आफू चिल्लो गाडी चढ्ने हामीलाई नो भेहिकल भन्ने’ लगायत विभिन्न नारा उल्लिखित प्लाकार्ड बोकेर उभिएका थिए ।

गत जेठ ३२ गते काठमाडौं महानगरपालिकाको बैठकले न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने प्रस्ताव पेस भएको थियो। उक्त प्रस्ताव पेस भए लगतै कार्यपालिका सबै सदस्यहरुले बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएका थिए । नयाँ सडकलाई ‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरपालिकाका मेयरको प्रस्तावलाई बैठकमा पारित गर्ने तयारी थियो ।

यस बीच ‘कार्यपालिका बैठकमा प्रस्ताव भएको छ, पारित भएको छैन,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने।अब बस्ने असार १० गतेको बैठकमा न्यूरोडलाई सवारी निषेध क्षेत्र बनाउने प्रस्ताव गरिने भयको छ।