अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

आइसिसी टी-२० विश्वकपको जारी संस्करणमा अस्ट्रेलिया पहिलो पटक पराजित भएको छ। आइतबार बिहान भएको खेलमा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले अस्ट्रेलियालाई १९.२ ओभरमा अलआउट गर्दै २१ रनको जित निकालेको हो ।

अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९.२ ओभरमा अल आउट हुँदै १२७ रन मात्रै बनाउन सक्यो।

सुरुमा ब्याटिङ गरेको अफगानिस्तनका लागि रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले अर्धशतक बनाए। ४९ बल खेलेका गुरबाजले चार-चार चौका र छक्का प्रहार गर्दै ६० रन बनाए। अर्का ओपनर जाद्रानले ४८ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाएका हुन्। उसका लागि करिम जनातले १३ रन जोड्दा मोहम्मद नाबीले नटआउट १० रन बनाए। अफगानिस्तानले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि प्याट कमिन्सले तीन विकेट लिँदा एडम जाम्पाले दुई विकेट हात पारेका थिए भने मार्कस स्टोइनिसले एक विकेट लिए।