फ्रान्स जर्मनीमा जारी युरो कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार मध्यराति भएको दोस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगललाई ५–३ ले हराउँदै फ्रान्स अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित ९० मिनेट र ३० मिनेटको थप समयमा समेत खेल बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जहाँ पोर्चुगलका स्टार जोआ फेलिक्सले पेनाल्टी मिस गरेपछि पोर्चुगल स्तब्ध बन्यो ।
फ्रान्सका औसमाने डेम्बेले, युसुफ फोफाना, जुल्स कौंडे, ब्राडली बारकोला र थियो हर्नान्डेजले ऊवल गरे। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
