काठमाण्डौ – रातभर परेको वर्षाले काठमाण्डौ उपत्यकाका अधिकाशं नदि क्षेत्र डुवानमा परेको छ । राजधानीको वागमती नदिले बल्खु तरकारी बजार डुवाएको छ । युएन पार्क,सुकुम्बासी बस्तीलगायत क्षेत्रमा नदि पसेको छ । वागमती नदिको पानी च्यासल एमाले पार्टी कार्यालय वरिपर पसेको छ ।
शंखमुल पार्क, ललितपुर महानगरपालिका वडा नं. १ र सानेपा रामन्दिर परिसर लगायत क्षेत्र डुवानमा परेको छ । राजधानीका करिडोर सडकमा नदि पसेपछि हिलाम्मे बनेको छ ।
ललितपुरको कर्मनासा खोलामा बाढी आएपछि इमाडोलको किस्ट अस्पताल र पवन प्रकृति स्कूल जलमग्न भएको छ । त्यस्तै कालिमाटी तरकारी बजारमा पनि बाढी पसेको छ । भक्तपुरको हनुमन्ते खोला पनि बस्तीमा पसेको छ ।
