तोलामा ४ हजार ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेर २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ रहेको थियो। यस्तै, गत मंगलबार सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ मा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। सोमबार प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी मंगलबार १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३७० रुपैयाँ रहेको थियो।

महासंघले सार्वजनिक गरेको पछिल्लो मूल्यसूचीअनुसार मंगलबार सुन र चाँदी दुवैको भाउमा कमी आएको हो।