सुनको भाउ आज एक सय रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । सुनकाे भाउ एक सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४८ हजार आठ रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज घटेको छ । चाँदी आज पाँच रुपैयाँले घटेर ताेलाकाै एक हजार सात सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।