नेपालभाषामा निर्माण भएको बहु चर्चित र बहु प्रतिक्षित चलचित्र “लाखे आजु”को विशेष शो विश्वज्योति सिनेमा जमलमा सम्पन्न भएको छ ।शनिवार गरिएको विशेष शोमा नेपाली सिने जगतका रंगकर्मी, फिल्मकर्मी र कलाकारको उपस्थितिमा देखाइएको हो। चलचित्र हेरेपछि दर्शकबाट धरै राम्रा राम्रा प्रतिक्रिया प्राप्त गर्न सफल भएको छ यस फिलिमका सम्पूर्ण युनिट ।
बिके फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई आर्यम नकर्मीले निर्देशन गरेका हुन्। फिल्ममा निर्माताका रुपमा गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ रहेका छन्।
नेपालभाषाको पौराणिक कथा उठान गरेको सिनेमामा मदनदास श्रेष्ठ, सविन शाक्य, नगीना जोशी, गणेश राम लाछी, राजेन्द्रमान शाक्य, सुरज ब्यन्जंकर,अन्नपुर्णेश्वरी श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा हास्य कलाकार मदनकृष्ण श्रेष्ठले विशेष भुमिकामा देखिनेछन्।

‘लाखे आजु’मा सुशन प्रजापति र दिपेन बस्न्यातको छायांकन, मनराज नकर्मीका संगीत, भुवन श्रेष्ठको डान्स कोरियोग्राफी, दुर्गालाल श्रेष्ठ, भिम बहादुर नकर्मी र निर्देशक आर्यम नकर्मीको गीत रहेको छ ।
