प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ । यसै क्रममा आज वी पी चिन्तन प्रतिष्ठान केन्द्रियले प्रजातान्त्रिक समाजवादको अन्तर संवाद कार्यक्रम वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वर सपन्न गरेको छ। उक्त कार्यक्रम कोइरालाले गरेका योगदान बारे छलफल भएको थियो। नेपालको प्रजातान्त्रिक आन्दोलनका युगद्रष्टा, राजनेता, प्रजातन्त्र र समाजवादका प्रवर्तक जननायक बी पी कोइरालाका विचारहरु आजको समयमा कति सदर्भिक छ भने कुरा को बहस समेत भएको थियो ।
वी पी चिन्तन प्रतिष्ठान केन्द्रिय हरिबोलभट्टराईको अध्यक्षता भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्ब मन्त्री आदरणीय एन पी साउद ज्यु को प्रमुख आतिथ्यतामा कार्यक्रम सपन्न भएको थियो। साथै सहअध्यक्ष पुष्प पराजुली गोविन्द शर्मा भक्तराज भुषाल, तेजप्रकाश पण्डीत र अनिलकृष्ण प्रसाई लगायतकाले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रम भने सँचालन सचिव गणेश बस्नेतले गरेका थिए ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।
