गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिभिन्न स्थानमा बाढीपिडीतहरुको लागि राहत वितरण गरेको छ।
दक्षिणकालीका बाढीपिडीतलाई राहत वितरण
गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाका अनुसार संघका अध्यक्ष डा. बद्री केसी सहितको टोलीले आइतवार दक्षिणकाली नगरपालीका क्षेत्रमा ५० परिवारलाई राहत वितरण गरेको छ । एक महीना पुग्ने खाध्य सामाग्री र लत्ता कपडा सहित टेन्ट वितरण गरेको थियो। यसै गरि दक्षिणकाली नगरपालिका र मकवानपूरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई पनि राहत वितरण गरेको छ । जसमा खाद्य सामाग्री सहित लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, हाइजिन किट लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।
पनौतीका बाढीपिडीतलाई राहत वितरण
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोलीले बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघ केन्द्रको आहवान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्सलगायतका सामग्रीहरु वितरण गरिएको थियो ।
यस्तै, बुधबार ललितपुर ठोस्नेखोलामा राहत वितरण गर्ने तयारी पूरा भएको छ । संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्तानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ ।
