बसन्तपुर कुमारी घर अगाडी उक्त शोकसभा सम्पन्न भएको थियो। तुलाधर समितिको निर्देशन समिति सदस्यको रुपमा एक सम्पदा अभियान कर्ताको रुपमा कार्य गर्दै आएका सम्पदा प्रेमी हुनु। परिवारबाट श्रद्धान्जलीमा स्वर्गीय तुलाधरको श्रीमति अम्बिका तुलाधर र सानी छोरिले मालार्पण र दिप प्रज्वलन गरि श्रद्धान्जली दिएका थिए।
सभालाई सम्बोधन गर्दै रास्वपाबाट काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिराज भक्त श्रेष्ठले तुलाधर कथा,किंवदन्तीहरूका साथै आगामी पुस्ताहरूको सम्झनामा जीवित रहनुहुनेछ भनी उनले गरेका कार्यको स्मरण गरे ।
कार्यक्रममा नेवा: देय् देबुका अध्यक्ष पवित्र बज्राचार्य, प्रदेश सभा सांसद शैलेन्द्र बज्राचार्य, जनसेवा प्रहरी प्रमुख रुकेश तन्डुकार ,रण भैरब गणका कर्नेल अनिल महत, शार्दुल जङ्ग गुल्मका मेजर अनिल श्रेष्ठ, प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठ, २२ वडाका अध्यक्ष चिनिकाजी महर्जन,नुरज बज्राचार्य, माननीय समिता खडगी, काठमाण्डौ दरबार स्क्वायर टुरिजम प्रमोसन एसोसियसनका दिनेश सुवाल लगायत थुप्रै स्थानिय संघ-संस्था प्रतिनिधि उपस्थिति थिए।
