काठमाडौँ — भारतीय गायक सोनु निगमले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन् । क्रिसमसको अवसर पारेर पुस १० मा ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट हुन लागेको हो ।
क्रिसमस–डेको अवसर पारेर हायात रिजेन्सी होटलको मैदानमा बेलुका ‘सोनु निगम लाइभ इन नेपाल’ हुँदैछ। कन्सर्टका लागि सोनु केही समयमा काठमाडौंमा पुगेसकेको छ।
नेपाली टच इभेन्ट्सले हायात ग्राउन्डमा आयोजना गर्न लागेको उक्त कन्सर्टका लागि ईभी ब्रान्ड ‘दिपल’ प्रायोजकका रूपमा रहेको छ ।
कन्सर्टका लागि ४ बजे गेट खुल्नेछ। सोनु ७ बजे स्टेज उक्लिनेछन्। उनले कन्सर्टमा भारतीयसहित केही नेपाली गीत समेत गाउनेछन्।
