सत्यनारायण बहादुरश्रेष्ठको १०९औँ जन्मजयन्तीको अवसरमा मिडिया कप

नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराण बहादुर श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको छ। नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०९ औँ जन्मजयन्तीको अवसरमा दोस्रो सत्यनारायण बहादुर श्रेष्ठ मेमोरियल मिडिया कप फुटसल प्रतियोगिता दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

उक्त मिडिया कप बुधबार यालास्थित आदर्श विद्या मन्दिरमा प्रतियोगिताको उद्घाटन हुने भएको छ ।नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजनामा ​​र ललितपुरमहानगरपलिका वडा नं ५ को सहयोगमा फुटसल प्रतियोगिता हुदै छ ।

आज भएको प्रतियोगिताको प्रमुख अतिथिको रुपमा ललितपुर महानगरपलिका –५ का अध्यक्ष विकासमान श्रेष्ठले पेनाल्टी बल प्रहर गर्दै खेलको शुभारम्भ गर्नु भएको थियो। जसमा गोलकिपरको भूमिकामा दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ थिए।

प्रतियोगितामा नेपाली कलाकार र पत्रकार गरि ९ टोलीको सहभागिता रहेको छ । नेवाः पत्रकार राष्ट्रिय दबुले शिक्षाविद् तथा पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित हरेक वर्ष विभिन्न कार्यक्रम गरी अभियान चलाउँदै आएको छ।

२०१२ सालमा पत्रकारको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि सोही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदैआएको भए पनि त्यो गलत भएको नेवाः पत्रकार राष्ट्रिय दबुले ठहर गर्दै आएको छ ।