मध्यपुर थिमि नगरपालिकाको आयोजनामा आज पुस १२ गते शुक्रबारबाट तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ सुरु हुने भएको छ।
महोत्सवको समुदघाटन शुक्रबार बिहान ९:३० बजे उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारी चोकमा भएको छ ।
मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो । महोत्सवमा नगरका विभिन्न स्थानमा करिव ४ सय स्टल रहने आयोजक समितिले जनाएको छ ।
पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर स्थानीय अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा मध्यपुर महोत्सव २०८१ को आयोजना गरिएको हो । पर्यटनबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष र उत्प्रेरित आर्थिक प्रभावलाई आत्मसाथ गरी स्थानीय अर्थतन्त्रका विभिन्न पक्षहरूमा गुणात्मक रूपान्तरण आजको आवश्यकता हो। पर्यटन प्रवर्द्धनका विविध पाटाहरू मध्ये विभिन्न अवसर र आकारमा आयोजना गरिने महोत्सव पर्यटन विकासको दिगो आधार र प्रवर्द्धनको रुपमा लिएको छ।
मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहिलो पटक बि.सं. २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा मध्यपुर महोत्सव आयोजना गरिएको थियो। यसको साथै विभिन्न समयमा आयोजित वः महोत्सव, धिमेबाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, भजन गायन प्रतियोगिता लगायतका कार्यक्रमहरूले नगरलाई आन्तरिक एवम् वाह्य पर्यटकको आँखासम्म प्रभावकारी ढंगले यस महोत्सवले टेवा हुन्छ भने स्थानियको आशा लिएको छ।
यसै अवधारणामा मध्यपुर महोत्सव २०८१ को आयोजना हुँदैछ। स्थानीय मौलिकतालाई केन्द्रमा राखेर संचालन गर्न लागिएको यस महोत्सवलाई एउटा जीवन्त र दिगो पर्यटनमुखी नगर हुनेमा सबै ढुक छ।
