१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको थियो ।
अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएका छन् । तर रास्वपा भने हिउँदे अधिवेशन सुरु हुनासाथ आकस्मिक समय मागेर अवरोध गरिरहेको थियो ।
यसअघि सभामुख देवराज घिमिरेलाई भेटेर रास्वपा सभापति रवि लामिछानेले आफ्नो नलिम्बन फुकुवाको माग गरेका थिए । सभामुख घिमिरेले दलगत रुपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहे । तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे । पछि उनीहरु १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए ।
