कालीमाटीका सुमन सायमी सडक विस्तार अभियानका कारण काठमाडौंका रैथानेमाझ निकै चर्चित पात्र हुन् । सरकारले सडक विस्तार गर्दा सर्वस्व हनन भएपछि साथीले आत्महत्या गरेको थाहा पाएपछि डोजर आतंकको विरोध र संस्कृति-सभ्यताको संरक्षणमा निस्किएको पात्र हुन् सायमी ।
यही पात्रको सक्रियतामा आज शुक्रबार काठमाडौंमा आयोजित एक भेलाले नेपाः मण्डलका नेता सुमन सायमीको संयोजकत्वमा १५ सदस्यीय सचिवालय गठन गरेको छ।
जसको मुख्य उदेश्य भनेको नेवा: समुदायको हक हितको स्थापना लागि नेवाः राष्ट्रिय परिषद् गठन भएको हो। सायमीका अनुसार “नेवा:हरुलाई सत्ता अभ्यास गराउदै सत्तामा आफ्नो उपस्थिति गराउने पनि यस परिषद् गठनको अर्को मुख्य उदेश्य हो” उनी बताउँछन् ।
संयोजक सायमीले विज्ञप्ति जारी गरेर नेवाः लगायत ऐतिहासिक राष्ट्रियताहरू माथि इतिहासदेखि कायम रहेको औपनिवेशिकताबाट मुक्त गरेर सार्वभौमिकताको अभ्यास गर्ने परिषद्को मुख्य राजनीतिक कार्यभार रहने जनाएका छन् ।
सचिवालयका सदस्यहरूमा रवीन्द्रकुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, शिवभक्त रञ्जित, कृष्ण मानन्धर, जीवपति श्रेष्ठ, इन्द्रप्रसाद श्रेष्ठ, सिवेश बज्राचार्य, कुमार श्रेष्ठ, अनित रञ्जितकार, अनु सायमी, रिना प्रधान, बेबी राजभण्डारी छन् ।
स्मरण रहोस् सायमी गत वैशाखको स्थानीय निर्वाचनमा पनि काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । उनको चुनाव चिहृन आँखीझ्यालमा १३ हजार ७७० जना मतदाताले स्वस्तिकको ठप्पा लगाए ।
