काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । बुधबार राति दुबईबाट फ्लाइ दुबईको उडान मार्फत आएका ३ महिला र एक जना पुरुषलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको हो ।
पक्राउ पर्नेमा उज्वेकिस्तानका नागरिक अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुने सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।
