सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकको विरोधमा उत्रियो प्रेस सेन्टर

काठमाडौं- प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन गरेको छ।

बिहीबार राजधानी काठमाडौंको माइतीघर मण्डलामा सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टरले विरोध प्रदर्शन गरेको हो।

बबरमहलबाट र्‍यालीसहित उनीहरू माइतीघर मण्डला पुगेका थिए। राष्ट्रियसभामा पेश भएको सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० फिर्ता लिनु पर्ने माग राख्दै विरोध प्रदर्शनी गरिएको थियो ।

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिलेले विरोध प्रदर्शन गर्दै ती दुई विधेयक विना सर्त फिर्ता लिन सरकारसँग माग गरेको छ ।

यस अघि पनि नेपालका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन आग्रह गरि सकेका छन्।