बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईको कोकिलाबेन अस्पतालमा उनको निधन भएको हो। उनी हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित छन्। अभिनेता मनोज कुमारको ८८ वर्षको उमेरमा निधन भएको छ।
उनका चर्चित फिल्महरूमा क्रान्ति, उपकार, शहीद, पूर्व और पश्चिम, रोटी कपडा और मकानलगायत छन्। उनको जन्म सन् १९३७ मा एबटाबादमा भएको थियो, जुन अहिले पाकिस्तानमा छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा शोक व्यक्त गरेका छन्।
