काठमाडौं-सेतो मछिन्द्रनाथ जात्रा हेर्ने क्रममा हिजो एक महिलाको हृदयघातबाट मृत्यु भएको छ। हिजो आसनदेखि हनुमान ढोका सम्मको जात्रा हेर्न जाने क्रममा नरदेवी निबासी वडा १८ की ६७ वर्षीया कुमारी श्रेष्ठको हृदयघातका कारण मृत्यु भएको वीर अस्पतालका चिकित्सकहरूले बताएका छन्।
करीब साँझ ७ बजेतिर उनका श्रीमान रवि श्रेष्ठसँग सानो पशुपतिमा बसेर जात्र हेर्ने क्रममा अचानक ढलेपछि रेडक्रस र जनवाह द्य जात्रा व्यवस्थापन समितिका स्वयंसेवकहरूले उनलाई उपचारको लागि वीर अस्पताल ल्याएका थिए। श्रेष्ठका तीन छोरी र एक छोरा छन्।
उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सकहरूले बताएका छन्। जनवाह द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजिब बज्राचार्य, उपसंयोजक गणपतिलाल श्रेष्ठ साथै सदस्यहरूले अस्पतालमा मृतकका परिवारका सदस्यहरूलाई पनि भेटेर यस शोकको घडीमा परिवारका सदस्यहरूलाई धैर्यधारण गर्ने कामना गर्दै आवश्यक परेमा कुनै पनि सहयोगको लागि सम्पर्कहरूलाई पनि अनुरोध पनि गरिएको छ।
