शिक्षकहरू आन्दोलनमा,साढे पाँच लाख विद्यार्थीको भविष्य दाउमा

१६ दिनदेखि शिक्षकहरू आन्दोलन जारी छ । शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ । आन्दोलनमा शिक्षकहरूको सङ्ख्या समेत दिनप्रतिदिन बढ्दै गएको छ ।

शिक्षक महासङ्घका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने, अन्य क्रियाकलापमा सहभागी हुने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी भइरहेको जनाएका छन् । यता शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन झन् आक्रामक हुँदै गइरहेको छ ।

जसको प्रभाव देशभरको सामुदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिकसत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । महासंघकाको उर्दीले अहिले विद्यालयहरू पूर्णरुपमा बन्द भएको छ ।

आन्दोलनमा शिक्षकहरु टिकटकमा रमाउदै गरेको भिडिओ सामाजिक संजालमा देखन सकिन्छ। यता अभिभाबक भने आफ्नो नानीहरुको पदाई प्रति चिन्तित भएको देखिन्छ।

यसै गरि दुई सातादेखि काठमाण्डू आएर आन्दोलन गरिरहेका शिक्षकहरूले अर्को साताबाट सुरु हुने कक्षा १२ को परीक्षामा सहभागी नहुन सबै शिक्षक र कर्मचारीहरूलाई आह्वान गरेपछि उच्च माध्यमिक तहको अन्तिम परीक्षा सञ्चालन कसरी गर्ने भन्ने दबावमा अधिकारीहरू परेका छन्।