बसको ठक्करबाट घाइते मीराको निधन

मोरङमा बसको ठक्करबाट घाइते किशोरीको उपचारको क्रममा ज्यान गएको छ। मोरङको रंगेली नगरपालिका-८ दर्वेसा टोलस्थित सडकमा कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को १ ख २१०३ नम्बरको बसको ठक्करबाट सोही नगरपालिका-७ निचामारीकी १३ वर्षीया मीरा मण्डलको सोमबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।