काठमाडौँ – प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो।
बैठकमा उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्ताव सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे। प्रतिनिधि सभाको अर्को बैठक जेठ ६ गते ११ बजे बस्नेछ।
