एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजारले रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदि तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ