न्यूजनेपाःका नेपाल प्रतिनिधि रमेश मुनिकारलाई पत्नी शोक

काठमाण्डौ – न्यूजनेपाःका नेपाल प्रतिनिधि रमेश मुनिकारलाई पत्नी शोक परेको छ ।
उहाँकी धर्मपत्नी सविता महर्जन मुनिकारको आज ४८ वर्षको उमेरमा मष्तिकघातका कारण सीतापाइलास्थित मनमोहन अस्पतालमा निधन भएको परिवारले जानकारी दिएको छ ।

सविता लामो समयदेखि मृगौला सम्वन्धि समस्याबाट ग्रस्त हुनुहुन्थ्यो।

नेवा मिसा दबूका संस्थापक सदस्य सविता नेपालभाषाका कार्यकर्ता एवमं नेपाल डान्स कल्चर आर्ट सेन्टरका सस्थापक हुनुहुन्थ्यो।

उहाँको आज बेलुकी कंकेश्वरीमा अन्तिम संस्कार गरिएको छ।