काठमाण्डौ – यसवर्षको मनसुन मध्य जेठमै नेपाल भित्रिएको छ । सरदर भन्दा १५ दिन अगाडि नै मनसुन नेपाल भित्रिएको हो ।
गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र कोशी प्रदेशका धेरैजसो भागमा फैलिसकेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रिएसँगै कोशीका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा पनि भएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख अर्थात् यसवर्ष जेठ ३० गते हो । तर मध्य जेठमै मनसुन नेपाल प्रवेश गरेको हो ।
नेपालका अन्य भागमा मनसुनको प्रभाव विस्तार हुन अझै केहीदिन लाग्ने महाशाखाले जनाएको छ ।
