थापाथलीको सुकुम्बासी बस्तीमा बस्ने युवक पुलमुनि मृत फेला

काठमाडौँ, २५ असार। काठमाडौँको व्यस्त थापाथली पुलमुनि एक युवक मृत अवस्थामा भेटिएका छन्।

प्रहरीका अनुसार मुतक मकवानपुरका ३५ वर्षीय हरि राई हुन् । उनी मङ्गलबार मृत भेटिएकाे प्रहरीले जनाएकाे छ ।

थापाथलीको सुकुम्बासी बस्तीमा आश्रय लिइरहेका उनको शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

मृत्युको कारण खुल्न सकेको छैन र प्रहरीले शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाएको छ।

प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताएको छ।