नेपालभाषाको चलचित्र “ख्याः वल” भोलि श्रावण ३ गते रन्जना सिनेप्लेक्समा

काठमाडौं । ज्यासः फिल्म्सको ब्यानरमा निर्माण भएको नेपालभाषाको चलचित्र “ख्याः वल” रन्जना सिनेप्लेक्समा येहि शनिबार साउन ३ गते प्रदर्शन हुन भएको छ।

नेपालभाषाको चलचित्र क्षेत्रमा युवा जमातको ध्यान तान्न सफल यस समूहले उक्त दिन २ वटा शाे गर्दै छ । साझ ४ बजे र ५:३० बजे हुने हुन लागेको जानकारी न्यूज नेपा:लाई आशुतोष बाराहीले दिनुभयो ।।

कमेडी तथा थ्रिलरयुक्त यस चलचित्र हेरेपछि युवा दर्शकहरुले फिल्म निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । ज्यासः फिल्म्सको प्रमुख आशुतोष बाराहीले सिनेमा निकै मेहनत गरेर बनाएको र आफ्नो टिमलाई साथ दिँदै नेपालभाषाको चलचित्र क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्न सबैलाई अपील गर्नुभएको छ ।

जेनीश शाक्यको निर्देशन रहेको यस फिल्ममा आशुतोष बाराही, सञ्जना महर्जन, जेनिस शाक्य, अर्पण तामाङ, मनोज महर्जन, नितेश तण्डुकार, इरा महर्जन र सृष्टि महर्जनको बेजोड अभिनय हेर्न सकिन्छ। यसैगरि सहायक भने नले गरेका थिए। यस चलचित्रमा संजना महर्ज र मनोज महर्जनले सहायक निर्देशन गरेका छन् । चलचित्रमा फोटोग्राफी निर्देशक अबिन शाक्य, सहायक छायांकन अनिकेत शाही, सम्पादक आशुतोष बाराही, सहायक सम्पादक र निर्माण निरिश महर्जन रहेका छन्।