झापामा औषधिजन्य लागुऔषधसहित दुईजना पक्राउ

झापाको गौरादह नगरपालिका–५, आठ नम्बर बाँधबाट दुई जनालाई प्रहरीले औषधिजन्य लागुऔषधसहित पक्राउ गरेको छ। हिजो राति करिब साढे ९ बजे गस्तीमा रहेको प्रहरी चौकी महारानीझोडाको टोलीले शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट प्रोमेथाजाइन हाइड्रोक्लोराइड र ट्रामाडोल हाइड्रोक्लोराइड बरामद भएको हो।…

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ । पाँचखालतर्फ गइरहेको ट्रकले उनलाई ठक्कर दिँदा उनको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले…

आज दुई संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यक्रमअनुसार आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम…

डेंगु संक्रमणबाट एक जनाको मृत्यु

डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं कालीमाटीका २४ वर्षीय एक युवकको मृत्यु भएको अस्पतालले जनाएको छ । यस वर्ष नेपालमा डेंगु संक्रमणबाट मृत्यु भएको यो पहिलो केश हो । टेकुमा उपचाररत अन्य ४ जना संक्रमितको अवस्था सामान्य…

भदौ १५ सम्म प्रतिनिधिसभाको ३ वटा बैठक बस्ने

प्रतिनिधिसभाको बैठक भदौ १५ गतेसम्म तीन दिन मात्रै बस्ने भएको छ। आज सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीचको बैठकले बैठक बस्ने क्यालेन्डर तय गरेको हो।प्रतिनिधिसभाको बैठक भदौ १५ गतेसम्म तीन दिन मात्रै बस्ने भएको छ। आज सभामुख देवराज घिमिरे र…

सुनको भाउ ताेलामा ६ सय रुपैयाँले घट्यो

आज सुनचाँदीको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख…

हुण्डी कारोबारी प्रहरी नियन्त्रणमा, ६ करोडभन्दा बढी बरामद

प्रहरीले हुण्डी र क्रिप्टो करेन्सीका चार कारोबारीलाई नियन्त्रणमा लिएको छ । उनीहरूबाट ६ करोडभन्दा बढी रकम जफत भएको छ । बिहीबार पक्राउ पर्नेमा बारा, महागढीमाई नगरपालिका- ३ का २७ वर्षीय ओमप्रकाश जयसवाल, २५ वर्षीय मनमोहनकुमार सिंह, भारत, विहार प्रदेशको सीतामडी,…

मौसम पूर्वानुमान : केही भूभागमा वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार…

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा आज नर्दन टेरिटोरीसँग खेल्दैछ । खेल नेपाली समयानुसार अस्ट्रेलियाको डार्बिनमा दिउँसो सवा २ बजे शुरू हुनेछ । नेपालले प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेश ‘ए’ सँग, भदौ २ गते मेलबर्न स्टार्ससँग, भदौ ३ गते होबर्ट…

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर – ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पंचमीका दिन पाटनमा संचालन हुने नृसिंह जात्रा हिजो विहिबार सम्पन्न भएको हो।  कुनै पनि दैवी प्रकोप नलागोस् र विश्वमै शान्ती…