पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा बालिकाको मृत्यु

काठमाडौं। आज बिहान पुतली सडकमा गाडीको ठक्करबाट एक बालिकाको निधन भएको छ।

पद्मोदयतिरबाट पुतलीसडक आउँदै गरेको माइक्रो बसले ठक्कर दिँदा सिकिस्त भएकी एक पाँच बर्षीया बालिकालाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

आज बिहान पैदल हिँड्दै गरेकी बालिकालाई रफ्तारमा आएको माइक्रोले ठक्कर दिएको थियो। घटनापति पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो। घटना सम्बन्धी थप विवरण आउन बाँकी छ ।