प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् ।
घिसिङ विद्युत प्राधिकरणका पूर्वकार्यकारी हुन् भने खनाल पूर्व अर्थसचिव। अर्याल कानुन व्यवसायी तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार हुन्।
यी तीन मन्त्रीले सोमबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहबीच शपथ गर्ने भएका छन्। राष्ट्रपति कार्यालयमा टेन्ट टाँगेर आयोजना गरिने समारोहमा उनीहरूले शपथ लिने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।
