६ नेपाली क्रिकेटरले मलेसियामा महिला इन्टरस्टेट टी-२० च्याम्पियनसिप खेल्ने

काठमाडौं । ६ नेपाली क्रिकेटरले मलेसियामा हुने महिला इन्टरस्टेट टी-२० च्याम्पियनसिप खेल्ने भएका छन् ।

नेपाली क्रिकेटर सीता रानामगर, रुबिना क्षेत्री, पूजा महतो, कविता जोशी, कविता कुँवर र राजमती ऐरीले उक्त च्याम्पियनसिप खेल्न लागेका हुन् ।

च्याम्पियनसिप मलेसियन क्रिकेट संघको आयोजनामा अक्टोबर १८ देखि २८ सम्म हुनेछ । उनीहरूले सेलाङ्गोर क्रिकेट संघ सारावाक क्रिकेट संघबाट खेल्नेछन् ।