नवनियुक्त मन्त्रीहरूको शपथ साढे २ बजे हुने

नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो २:३० बजे हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाएकी छन्।

मन्त्रीहरूलाई आजै नियुक्त गरेर दिउँसो २:३० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गराउने कार्यक्रम छ।

डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ भूमि मन्त्री, खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेको स्रोतको भनाइ छ।

यसअघि गणपतिलालको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा थियो। तर राष्ट्रपति कार्यालयमा नाम पठाउँदा उनलाई भूमि मन्त्री बनाउने उल्लेख रहेको स्रोतको भनाइ छ।

चार जना मन्त्रीहरूको शपथ आज गर्न लागिएको हो।