नेपाः पासा पुचः अमेरिकाय्को ३४ औं बार्षिकोत्सव तथा नेपाल संबत् ११४६ नववर्षको कार्यक्रम वासिङ्गटन डिसि, मेट्रो पोलिटन क्षेत्रको सेडी ग्रुप मिडिल स्कुलमा सम्पन्न भएको छ । यस नेपाः पासा पुचः नेपाल बाहिर खोलिएको नेवा:हरुको संभवतः पहिलो संस्था हो । प्रत्येक बर्ष झैं यस वर्ष पनि यस कार्यक्रममा नेवा: भोज, समय्बजि खुवाउने, नेपाल संवत्का प्रणेता शंखधर साख्वाःको मूर्तिलाई खटमा राखी जात्रा गर्ने लयायत विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजन गरिएको छ । नेवा: भोजको आयोजना अमेरिकामा एक प्रकारले विशिष्ट कार्यको रुपमा लिने गरिएको पाइन्छ ।
कार्यक्रममा मुख्य अतिथिको रुपमा अमेरिका स्थित नेपाली राजदूत सहाभागी हुनुभएको र मुख्य वक्ताको रुपमा डा. तुल्सी महर्जन सहभागी हुनुभएको थियो । भर्जिनिया, न्यू जर्सि, मेरिल्याण्ड आदि विविध ठाउँका महानुभावहरु सहभागी हुनु भएको यस पासा पुचःको कार्यक्रममा वर्तमान अध्यक्ष मनोहर श्रेष्ठको कार्यकाल समापन भई नयाँ कार्य समितिको समेत चयन भएको छ ।
यस नव गठित कार्य समितिमा नयाँ अध्यक्षको रुपमा शान्ति श्रेष्ठ दुई वर्षको निमित नियुक्त हुनुभएको छ । कार्यक्रम दिउँसो २ बजे शुरु भई राती १० बजे अन्त भएको हो ।
