१७ प्रमुख प्रशासकीय अधिकृतसहित ५० कर्मचारीको सरुवा

काठमाडौं । १७ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित उपसचिवदेखि खरिदारसम्म गरेर ५० जना कर्मचारीको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबार गरेर १० उपसचिव, २८ शाखा अधिकृत र बाँकी नायब सुब्बा तथा खरिदार गरेर ५० जना कर्मचारीको सरुवा गरेको हो ।

जसमा २० स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा गरिएको छ भने १२ जना उपसचिव र शाखा अधिकृतलाई विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पनि दिइएको छ ।