इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

काठमाडौं। विश्वकप छनोटको निर्णायक चरणमा इटालीले आफ्नो सम्भावना जोगाइरहेको छ।

मोल्डोभामाथि २–० को जित निकाल्दै समूह ‘आई’ मा इटालीले आशा जीवितै राखेको हो। यद्यपि, पछिल्ला दुई संस्करणमा विश्वकप गुमाएको इटाली यसपटक पनि सिधै छनोट हुने ग्यारेन्टी अवस्थामा छैन र प्लेअफमै निर्भर रहनुपर्ने सम्भावना बलियो बनेको छ।

मोल्डोभाविरुद्ध इटालीका लागि मानचिनीले अग्रता दिलाए। अन्तिम समयमा पिओ एस्पोजितोले ९२औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरिदिए।