असनको दबुलीमा सांस्कृतिक कार्यक्रम

नेपाल संवत ११४६ नयाँ वर्षको अवसरमा शनिबार असनको दबुलीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भएको छ । आसन सेवा समिति र काठमाडौ महानगरपालिकाको वडा २५ र २७ को सहकार्यमा उक्त सांस्कृतिक कार्यक्रम हुन लागेको हो।

आज ४ बजे हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा मदनकृष्ण श्रेष्ठलाई स्वागत गरि सांस्कृतिक कार्यक्रम सुरु हुने उपसमिति सचिव पवित्रा कसाः ले जानकारी दिनु भयो ।

सांस्कृतिक कार्यक्रममा प्रसिद्ध कलाकार र नेपाल भाषाका गायक गायिकाहरू सहित विभिन्न क्षेत्रका ९० भन्दा बढी कलाकारहरूले प्रस्तुति हुने छ । यसैबीच, संयोजक पवित्रा कसाःहले आसन सेवा समितिसँगको सहकार्यमा कार्यक्रममा नेवा: खानाहरुको आठवटा स्टल राखिने बताए।