जनकपुरको दुई विकेट पतन, कप्तान अनिल र मिलन्था आउट

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको पहिलो खेलमा जनकपुर बोल्ट्सले दुई विकेट गुमाएको छ। कप्तान अनिल साह शून्यमै आउट भएका छन्।

उनलाई मिलिन्द कुमारले आउट गरेका हुन्। यसअघि जनकपुरका लहिरु मलिन्था ७ रन बनाएर पेभेलियन फर्किएका थिए। उनले १२ बलमा १ चौका प्रहार गरे। मलिन्थालाई पनि काठमाडौंका मिलिन्द कुमारले आउट गरे।