काठमाडौं- मध्य बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प गएको छ।
शुक्रबार बिहानको भूकम्पमा परी कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौं व्यक्ति घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
राजधानी ढाकाका धेरै भवनहरू भूकम्पले हल्लिएपछि बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएको समाचार एजेन्सीहरूले जानकारी दिएका छन्।
भूकम्प स्थानीय समयानुसार बिहान १०:३८ बजे ढाकाबाट करिब २५ किलोमिटर टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा गएको हो। भूकम्पको केन्द्रमुनि करिब १० किलोमिटर गहिराइमा थियो।
