पहिलो नेत्रहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदै उपविजेता बनेको छ।
फाइनलमा टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय १५ रनको लक्ष्य भारतले १२.१ ओभरमा लक्ष्य पुरा गर्दै च्याम्पियन बनेको हो। यसअघि समूहचरणमा पनि नेपाल भारतसँग पराजित भएको थियो।
नेपालले सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।
नेपालले जारी प्रतियोगितामा समूह चरणमा श्रीलंकालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले पराजित भएको थियो।
त्यस्तै, अस्ट्रेलियालाई १० विकेटले हराउँदा अमेरिकालाई ८ तथा पाकिस्तानलाई १० विकेटले नै हराएको थियो।
